नेपालमा थप १७ जनामा कोरोना सं’क्रमण

नेपालमा थप १७ जनामा कोरोना सं'क्रमण

काठमाडौं- नेपालमा  थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा संक्रमित हुनेहरूको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान ६:५० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा थप संक्रमण पुष्टि भएको बताइएको छ। थप संक्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् भने धनकुटाका एक जना पुरुषमा र धरानकी एक जना महिला छिन्।

संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *