सबैले सेयर गरौ ९ लाखको केकमा शिशिर भण्डारीको फोटो -भिडियो

सबैले सेयर गरौ ९ लाखको केकमा शिशिर भण्डारीको फोटो -भिडियो

काठमाडौं- सम्पुर्ण मेरा प्यारा दर्शकबृन्दलाई नमस्कार..म शिशिर भण्डारी.. हिजै जस्तो लाग्छ..हामीले नयां नयां युटुब च्यानल खोलेको । २०१७ को जनवरी २१ मा खोलिएको हाम्रो युटुब च्यानललाई तपाईले यति माया गर्नुभयो कि..खोलेको २ बर्ष १ महिनामै हामीले ९ लाख भन्दा बढि सव्सक्राईभर्स कमाएका छौं । धन्यवाद..सम्पुर्ण दर्शक, सव्सक्राईभर्स अनि हाम्रा शुभचिन्तकहरुमा..हामी अझै सामाजिक, मनोरन्जनात्मक र रोचक भिडियो लिएर तपाई मांझ आउनेछौं..च्यानल सव्सक्राईभ गर्नु भएको छैन भने आजै गर्नुस है..अनि गर्नु भएका साथीहरुले चैं तपाईले हाम्रो च्यानल सव्सक्राईभ गर्दा च्यानलको सव्सक्राईभस कति थिए, कमेन्ट बक्समा कमेन्ट गर्नुहोला ।

दर्शकबृन्द..हामीले हाम्रो खुशी सधैं दुखी, पिडितहरुसंग साट्ने गरेका छौं । ९ लाख सव्सक्राईभर्स पुगेको खुशी साट्न पनि हामी ललितपुरको कुसुन्ती हाईटमा रहेको नेपाल स्नेही काखमा पुगेका थियौं । मानसिक सन्तुलन गुमाउनु भएका, बाटोमा बेवारिसे भेटिनु भएका र अन्य धेरै कारणले साहारा बिहिन हुनु भएका त्यहां रहनुभएका दिदी बहिनीहरु र अनाथ भाई बहिनीहरुसंग केक काट्दै यो खुशी मनायौं । नेपाल स्नेही काखकी दर्जनौं बेसाहाराको साहारा बन्नुभएकी महान नारी सबैकी आमा श्रीनेहा पोखरेलको यो महान कामलाई सम्मान गर्दछु । जस्ले आफ्नो सारा जिन्दगी दुखी र पिडितका लागि समर्पित गर्नुभएको छ । हामीलाई यति आकर्षक केक प्रायोजनक गर्नुहुने क्रियटिभ केक्स शान्तिनगरलाई धन्यवाद ।

यहि अवसर पारेर मेरो साथी रबिन पौडेलले आफ्नो नयां युटुब च्यानल स्टार न्युज नेपाल पनि संचालनमा ल्याउनु भएको छ, जसमा हाम्रो जस्तै सामाजिक बिषय मनोरन्जनात्मक र रोचक कार्यक्रम ल्याउने प्रण गर्नु भएको छ । सबैले साथी रबिनको च्यानल स्टार न्युज नेपाललाई पनि सव्सक्राईभ गरेर हौसला बढाईदिनुहोला है..च्यानलको लिंक मैले डिस्क्रिप्सन र कमेन्टमा पिन गरेर राखेको छु । केक काट्दै नेपाल स्नेही काखका दिदी बहिनीहरुको रमाईलो कला पनि हेर्यौं । सबैले हाम्रा लागि शुभकामना दिनुभयो अनि हामीले पनि नेपाल स्नेही काखको संचालनका लागि ७ हजार रुपैया सहयोग गर्यौं । बाकि तलको पुरा भिडियो हेरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *