अग्रिम शुभकामना: नेपालले मलेसियालाई पराजित गर्दै सुखद शुरुवात

अग्रिम शुभकामना: नेपालले मलेसियालाई पराजित गर्दै सुखद शुरुवात

मलेसिया। आइसीसी’ महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेसियासँग भिड्दै छ । यी दुई टिमबीचको खेल बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा भइरहेको छ । अहिले नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । मेलसियाविरुद्धको खेलमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गर्ने तयारीमा छ ।

यसअघि टी-ट्वान्टी स्म्यास क्रिकेटको भेटमा नेपालले मलेसियालाई ६ विकेट पराजित गरेको थियो । राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

याे पनि : निस टोली रियल म्याड्रिड ला लिगाअन्तर्गत आइतबार भएको खेलमा जिरोनासँग २-१ ले पराजित भएको छ । पहिलो हाफमा १-० ले अगाडी रहेको रियल दोस्रो हाफमा २ गोल खाँदै पराजित भएको थियो । रियलले पहिलो हाफको २५ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । टोनी क्रुसको पासमा क्यासेमिरोले गोल गर्दै रियललाई अगाडी बढाएका थिए । दोस्रो हाफको ६५ औं मिनेटमा जिरोनाका लागि क्रिस्टियन स्टुआनीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

७५ औं मिनेटमा रियल खेलमा पछाडी पर्यो । पोर्टुले गोल गरेपछि जिरोनाले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खाँदै मैदान बाहिरीए । रियलले अंक तालिकाको दोस्रो स्थानमा उत्रने मौका गुमाएको छ । रियलको २४ खेलमा ४५ अंक जोडेको छ । दोस्रो स्थानको एटलेटिकोले २४ खेलमा ४७ तथा शीर्षस्थानको बार्सिलोनाले २४ खेलमा ५४ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *