खुसिको खबर: अब भाषण हैन खाना पकाउने ग्यास पनि नेपालमै (पुरा बिबरण)

खुसिको खबर: अब भाषण हैन खाना पकाउने ग्यास पनि नेपालमै (पुरा बिबरण)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अर्को प्रशंसनीय कार्यको थालनी गर्ने भएको छ । अब भाषण हैन खाना पकाउने ग्यास समेत नेपालबाटै निकाल्ने भएको छ । काठमाडौंको तिनकुनेमा सम्भावना रहेको स्थानमा ग्यास उत्खनन गर्ने प्रक्रिया नै सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सो ठाउँमा ग्यास उत्खनन्का लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय अगाडि बढेकाे छ ।

काठमाडौंबाट जग्गा प्राप्तीको कामलाई अघि बढाइसकेका छन् । जिल्ला प्रशासन मार्फत प्रक्रिया पुर्याएर जग्गा नेपाल सरकारको नाममा सारिनेछ । शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाको विभिन्न १४ स्थानमा ग्यासको सम्भाव्यता खानी तथा भूगर्भ विभाग र जाईकाको सहयोगमा अध्ययन गरेपछि सरकारले तिनकुनेबाट भने त्यसको उत्खनन् कार्यलाई अघि बढाउन लागिएको बताए।

मन्त्री यादवले नवलपरासीको धावदी क्षेत्रमा फलाम खानी रहेको पुष्टि भएको उल्लेख गर्दै सो फलाम खानी उत्खनन्को काम पनि सुरु गर्ने योजना अघि सारे। सो क्षेत्रबाट पठाइएको नमूना चीन सरकारले परीक्षण गरेपछि त्यहाँ फलाम खानी रहेको पुष्टि भएको मन्त्री यादवको भनाई छ। त्यसको विस्तृत विवरण चीनबाट आउन साथ सो क्षेत्रमा फलाम खानी संचालनमा ल्याउने सरकारको योजना छ। मन्त्री यादवले सो क्षेत्रमा एक मिलियन टन फलाम रहेको पाइएको पनि राष्ट्रिय सभालाई जानकारी गराए।उनले चिनीको मूल्य तत्काल बढ्न नदिने गरी व्यवसायीहरुसँग सरकारले छलफल गरिरहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *