कोरोना परीक्षण नगरेरै भारतबाट आएका सयौ नेपाली

कोरोना परीक्षण नगरेरै भारतबाट आएका सयौ नेपाली

धनगढी, ७ जेठ ।
कोरोना परीक्षण नगरेर भारतबाट आएका सयौ नेपालीलाई नेपाल प्रवेश गराईदैछ ।स्थानीय तह र प्रदेश सरकारकाबीच समन्वय र पूर्व तयारी नहुदा हजारौ नेपाली कोरोना परीक्षण बिनै नेपाल भित्रिदैछन् ।

भारतका बिभिन्न स्थानबाट गौरीफन्टा आईपुगेका एक हजार बढि नेपाली आज साँझ धनगढी भित्रिनेछन् ।उनीहरुलाई नाकाबाटै सम्बन्धित तहमा पठाईने भनिएपनि त्यसका लागि बसको व्यवस्थापन हुन सकेको छैन ।

उनीहरु भोकभोकै छन् । उनीहरुले खाना र पानी पाएका छैन ।¥यापिड टेष्ट बिना नै उनीहरुलाई भित्र्याइन थालेपछि कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।

भारतबाट हजारौको संख्यामा नेपालीहरु आउने कुराको जानकारी हुदा हुदै पनि प्रदेश सरकार र स्थानीय तहले त्यसको व्यवस्थापनका लागि भने कुनै तयारी नगरेका कारण यो अवस्थाको सृजना भएको हो ।paschimtoday

Leave a Reply

Your email address will not be published. Required fields are marked *