सेयर गरौ !प्रतिवादमा उत्रिए गायक प्रमोद खरेल

सेयर गरौ !प्रतिवादमा उत्रिए गायक प्रमोद खरेल

लुट्न सके लुट’ गीतका गायक पशुपति शर्मालाई २५ हजार दिने नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहको घोषणा प्रति गायक प्रमोद खरेलले आपत्ति जनाएका छन्।उनले सामाजिक संजाल फेसबुकमा लेख्दै गीतमा राजनीति नघुसाउन पनि आग्रह गरेका छन् ।त्यसप्रति आपत्ति जनाउँदै गायक खरेलले सांसदहरुलाई गीतमा होइन विकासमा ध्यान दिन आग्रह गरेका हुन् ।

खरेलले सामाजिक टुईटरमा लेखेको स्टाटस जस्ताका तेस्तै :

‘‘पशुपति शर्मालाई २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाइ अनुरोध‬, ‪त्यो पैसा आफ्नो क्षेत्रको विकासमा थप्नुस, जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस्, ‪कर्म गर्नुस, गीत माथि राजनीति नगर्नुस्’

सांसद अमरेश कुमार सिंहले सोमबारको प्रतिनिधिसभा बैठकमा शर्माले आफ्नो गीतमार्फत जनताको भावना बोलेको भन्दै उनलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।प्रतिपक्षी सांसदको त्यो झटारो सत्ता पक्षका सांसदलाई चित्त परेन। नेकपाकासांसद झपट रावलले कांग्रेस सांसद अमरेशलाई लुट्न सके लुट गीत संसदमै गाउनुस् म तपाईंलाई मेरो तलब दिन्छु भनिदिए।संसदको यो जुहारी हेरेपछि गायक प्रमोद खरेललाई ठिक लागेन र उनले प्रतिपक्षी र सत्ताधारी सांसदलाई गीतमाथि राजनीति नगर्न आग्रह गर्दै सामाजिक सञ्जाल ट्विटरमा आफ्नो अभिमत राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *