धनकुटा, झापा र धरानका गरी थप ७ जनामा कोरोना संक्रमण

धनकुटा, झापा र धरानका गरी थप ७ जनामा कोरोना संक्रमण

मोरङ — झापा, धनकुटा र धरानमा गरी बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाका ५, धनकुटाका एक र धरानका एक जनामा संक्रमण पुष्टि भएको हो । यीसहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ ।

प्रदेश १ मा पहिलोपटक गत बैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएको थियो । महिना बित्दा यो प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केचनाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।यसैगरी  १ का उदयपुरमा ३३, झापा १७, धनकुटा ७, मोरङ ३, सुनसरी ४, भोजपुर १, र खोटाङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *