सेयर गरौ :गीत बन्द होइन, भ्रस्टाचार बन्द गर

सेयर गरौ :गीत बन्द होइन, भ्रस्टाचार बन्द गर

चर्चित लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ लाई सरकारले युट्युबबाट हटाउन बाध्य परिएपछि युवाहरुले गीतलाई माइतीघरमा सार्वजनिक रुपमा बजाएर विरोध जनाएका छन्।

शीरमा पम्प्लेट लगाएर युवाहरुले नारा लगाउँदै नाँचगान गरिरहेका छन्। साथै उनीहरुले सरकारविरुद्ध नारा जुलुस समेत गरिरहेका छन्। उनीहरुले पशुपति शर्माको गीतजिन्दावाद’ भन्दै बन्द गर्न नहुन माग गरेका छन्।

गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छ…’ गीत प्रति समर्थन जनाउँदै माइतीघरमा विवेकशील नेपाली दल समर्थित युवाहरुले प्रदर्शन गरेका छन्। राजधानीको माइतीघर लगायत देशका विभिन्न स्थानमा उनीहरुले सार्वजनिकरुपमा गीत बजाउँदै प्रदर्शन गरेका हुन्। माइतीघरमा उनीहरुले शर्माको गीत बजाउँदै अभिव्यक्ति स्वतन्त्रता प्रति प्रहार नगर्न चेतावनी दिए। युवाहरु शर्माको गीत बजाएर नाचेका थिए।

मण्डलामा पुगेका युवाहरुले गीत बन्द होइन भ्रष्टाचार बन्द गर भन्दै सरकारको ध्यानाकर्षण समेत गरेका छन् | देशमा भ्रस्टाचारको जालोले आफ्नो साम्राज्य जमाइरहेको अवस्थामा सरकार भ्रस्टाचार नियन्त्रण तथा भ्रस्टाचारमा संलग्नलाई कानुनी कारबाही गर्नमा लग्नु पर्ने बताएका छन् |

उनीहरुले ‘कम्युनिस्ट सरकार कि पञ्चायत रिटर्न्स ? भ्रष्टाचार बन्द गर्ने कि भ्रष्टाचारविरुद्धको गीत? ओली सरकार वाक् स्वतन्त्रता खोइ ? जस्ता प्ले कार्ड बोकेका थिए। सामाजिक सञ्जाल समेत शर्माको समर्थनमा रंगिएको छ। शर्माले शनिबारसाँझ गीत युट्युवबाट हटाएको घोषणा गरेका थिए। उनले गीत हटाए पनि सामाजिक सञ्जालमा गीत भाइरल भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *