पशुपतीले गीतलाई युट्युबबाट हटाएर ठीक गरे -बद्री पंगेनी,लुट्न सके लुट कान्छा’

पशुपतीले गीतलाई युट्युबबाट हटाएर ठीक गरे -बद्री पंगेनी,लुट्न सके लुट कान्छा’

गायक शर्माले शनिबार साँझ गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ गायक शर्माले शनिबार साँझ गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ ।लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले पशुपति शर्माको कदम सही भएको बताएका छन् । विवादमा आएको गीतलाई युट्युबबाट हटाएर पशुपतिले राम्रो गरेको पंगेनी बताउँछन् ।

उनले भनेका छन् ‘पशुपति जीले पहिला पनि विकृतिविसंगती, भष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहनु भएको छ । यसपालीको गीतमा भने केही शब्दहरु परिमार्जित गरेर फेरी अप्लोड गर्ने निर्णयसहित गीत डिलिट गर्नु भयो । मलाई लाग्छ, उहाँले जे गर्नु गरिराख्नु भएको छ, ठिक गर्नु भएको छ ।’

पशुपतिको निर्णयमा नै प्रतिष्ठानको पनि सहमत रहेको उनले बताए । ‘यो घट्नाप्रति पशुपति जीलाई जे लाग्छ संघलाई त्यही लागेको छ । उहाँ फेरि गीत अप्लोड गर्ने तयारीमा हुनुहन्छ’ उनले भने । पशुपतिले आफ्नो युट्युब च्यानलबाट गीत हटाएसँगै सामाजिक सञ्जालमा ‘लुट्न सके लुट’ भाइरल नै भएको छ । अब, सामाजिक सञ्जाल र युट्युबका गीतलाई संघ र पशुपति आफैले पनि केही गर्न नसक्ने उनी बताउँछन् ।

पढ्नुहोस् पशुपति शर्माको स्टाटस
आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार ! हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु ।

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु । धन्यवाद । पशुपति शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *