प्रधानमन्त्री ओलीले गरे संसदमा यस्तो घोषणा ! कार्यकर्ता देखि सर्वसाधारणमा खुसि

प्रधानमन्त्री ओलीले गरे संसदमा यस्तो घोषणा ! कार्यकर्ता देखि सर्वसाधारणमा खुसि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमी फिर्ता गराईछाड्ने घोषणा गरेका छन् । उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि को भन्ने कुरामा कुनै विवाद नभएकाले फिर्ता गराएरै छाड्ने बताएका छन् । ओलीले संसदको बैठकमा मंगलबार जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले भने, ुअतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, फिर्ता लिएरै छोड्छौं । उनले यो विषयलाई जवरजस्ती विवादित बनाइएको टिप्पणी गरेका छन् । उनले भने त्यो हाम्रो भूमि हो। त्यसलाई जबरजस्ती विवादास्पद बनाइएको छ। त्यो विवादास्पद भूमि होइन।

उनले अतिक्रमित भएका ती क्षेत्र समावेश गरेर सरकारले नयाँ नक्शा जारी गरेको जानकारी दिदैँ अब राजनीतिक र कुटनीतिक पहल गरिने पनि बताएका छन् । प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको स्पष्ट पारेका छन् ।

‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’ उनले भने ।
प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुपनि अनौठाने होइन’ उनले भने नयाँ नक्शाअनुसार नेपालको निशान छाप परिवर्तन गर्न संविधान संशोधनसमेत गर्नुपर्ने उनको भनाइ छ।

सन् १९६२ मा कालापानीमा भारतीय सैनिक बसेपछि त्यसभन्दा पश्चिमको नेपाली भूमिमा पुग्ने रोकिएको बताए। २०१८ सालसम्म जनगणना गर्ने, तिरो उठाउने काम भएको थियो, उनले भने, त्यसपछि त्यहाँ जान नदिने, रोक्ने काम भयो। खासगरी सन् १९६२ मा भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि पश्चिमको भूभागमा जाना हामी ब्लक भयौं। हामीलाई ब्लक गरियो।

राष्ट्रियता सानो-ठूलो हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रको राष्ट्रियता सानो-ठूलो नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७७/७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले सबै राष्ट्रले बराबररुपमा स्वाधीनताको प्रयोग गर्न पाउनुपर्नेबताएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, “कुनै देश भूगोल वा जनसङ्ख्यामा ठूलो-सानो र विकासमा अगाडि-पछाडि हुन सक्छ तर राष्ट्रियता सानो-ठूलो हुन सक्दैन, सबै राष्ट्रले बराबर स्वाधीनताको प्रयोग गर्न पाउनुपर्छ, आफ्नो नीति आफूले नै तय गर्न सक्छ ।

नेपालको भूमि मिचिएको विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले दुई ठूला देशको बीचमा रहेको मुलुकले तथाकथित राष्ट्रवाद वा लम्पसारवादको बाटो समाउन नहुने बताए । प्रधानमन्त्री ओलीले मुलुकको सिमाना राणा शासनको समाप्तिलगत्तैदेखि मिचिएको उल्लेख गरे ।

उनले एकापट्टिको छिमेकीको सेना अर्काेपट्टिको छिमेकीको सीमामा लगेर राख्नेखालको अशोभनीय काम विगतमा भएको स्मरण गर्दै उक्त समयमा १७ वटा चेकपोष्ट उत्तरतर्फ राखेर परिकल्पना गर्न नसक्ने कामको स्थिति सिर्जना भएको उल्लेख गरे । मन्त्रिपरिषद्को बैठकमा अर्काे देशका राजदूत उपस्थित गराएर बैठक गर्ने गलत प्रवृत्ति विगतमा भएको समेत उनले बताए ।

अरु के भने ?
त्यस्तै ओलीले कोरोनाभाइरस महामारीबाट नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव परेको भए पनि त्यसबाट निराश र हतोत्साह नभई काम गर्नुपर्ने बताएका छन्। संसद्‌मा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले कोरोनाभाइरससँग लड्दै र निको पार्दै जनजीवनलाई सामान्य बनाउनुपर्ने बताएका छन्। सरकारले जनतासँग छलछाम गर्न नहुने र नगर्ने भन्दै उनले प्याकेज प्रस्तुत गर्दा राज्यले धान्न सक्ने र दीर्घकालीन हुनुपर्ने टिप्पणी गरे।
उनका अनुसार सरकारले बेरोजगार भएकालाई यथासम्भव रोजगारीको अवसर उपलब्ध गराउनेछ। ओलीले मानवजातिले कोरोनाभाइरसलाई परास्त गर्ने र नेपाललाई ‘कोरोनाभाइरसमुक्त’ बनाइने विश्वास व्यक्त गरे।

कोभिड-१९ देखिएका दुई जनाको निधन भएकोमा दुःख व्यक्त गर्दै उनीहरूले कोरोनाभाइरसकै कारण मात्र नभएर अन्य जटिलताका कारण ज्यान गुमाएको हुनसक्ने उल्लेख गरे।तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कोभिड-१९ को सङ्क्रमण पाइएकाले उनीहरूको ज्यान कोरोनाभाइरसका कारणले गएको स्वीकार गरिएको उल्लेख गरे।अधिकांश सङ्क्रमण बाहिरबाट आउनेले सारेको उल्लेगर्दै भारतबाट आउने व्यक्तिहरूबाट नेपालमा समुदायमा सङ्क्रमण सर्ने अवस्था देखिएकाले सजग हुनुपर्ने उनले बताए।

चीनको वुहान, इटलीजस्ता स्थानबाट आएको भाइरसभन्दा भारतबाट प्रवेश गरेको कोरोनाभाइरस अलि शक्तिशाली रहेको उनको भनाइ थियो।उनले भने, “सिमानामा आएर बस्नेलाई जनप्रतिनिधिका दबावले पनि रोक्न सकिएन। कहाँबाट सर्‍यो र कोबाट सर्‍यो भन्न सकेका छौँ। अझै पनि हामी नियन्त्रण गर्न सक्छौँ।”
प्रधानमन्त्रीले नेपालमा हालसम्म ३४ जिल्लामा ३७७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको पनि संसद्लाई जानकारी गराए।उनले देशभरि वडावडा तहसम्म क्वारन्टीन बनाउने गृहकार्य सरकारले अघि बढाएको बताए। प्रधानमन्त्रीले कोरोनाभाइरसको नियन्त्रणभन्दा पनि सरकारलाई असफल देखाउने प्रयास भएको भन्दै सरकारले देशलाई कोरोनाभाइरसमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखिएको बताए।ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *