बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं—बाँकेमा एकै दिन ४७ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा १ सय ९० जनाको थ्रोट स्वाब परीक्षण गर्दा थप ४७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । जसमध्ये अधिकांश भारतबाट फर्किएकाहरू रहेको छन् ।

बाँकेमा यसअघि ३४ जनामा कोरोना भाइरस पुष्टी भएको थियो ।सोमबार ४७ जना थपिएसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *