अछाम चौरपाटी ६ तल्लो दुनिका युवाहरुले गरे बुद्धिमान कुवरलाईयति धेरै सहयोग

अछाम चौरपाटी ६ तल्लो दुनिका  युवाहरुले गरे बुद्धिमान कुवरलाईयति धेरै सहयोग

मुम्बई –विदेशमा पसिना चुहाएर आफ्नो जन्म भुमिको लागी केही गर्नु पर्छ भन्ने उद्देश्यले अछाम जिल्लाको चौरपाटी गाउपालिका वडा नम्बर ६ तल्लो दुनिका युवाहरु एक पछि अर्को सहयोग गर्दै आएका छन । करेन्ट लागेर दुइहात र एक खुट्टा गुमाएका बाके जिल्लाका बुद्धिमान कुवर लाइ ३५ हजार सहयोग गरेको सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिका बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर खड्काले जानकारी दिनु भएको छ ।

आफ्नो समाजको बिकास र परिबर्तन का लागि युवाहरुले नै एक जुट भएर लाग्नु पर्ने उनीहरुले बताएका छन । अशक्त, असहाय, दुखमा परेका ब्यक्ति लाई सहयोग गर्नु र भौतिक सरचना हरुलाइ पनि ध्यान राखेर उनीहरु सहयोग गर्दै आएका छन ।

सहयोगि हात हरु यस प्रकार छन 
दीपक खड्काले आठ हजार, पुरन खड्का दुई हजार चार सय, धनगिरी बिक दुई हजार चार सय, जनक खड्का तिन हजार, प्रेम खड्का दुई हजार चार सय, हर्क खड्का तिन हजार, डबल बिक दुई हजार चार सय, भान बहादुर खड्का दुई हजार पाच सय, शंकर आउजी एक हजार छ सय, कालू सिङ खड्का दुई हजार चार सय र सिद्ध खड्काले तिन हजार चार सय गरी जम्मा ३५ हजार एक सय सहयोग हस्तान्तरण गरेका छन ।  दुख पीडा मा परेका हरु जुन सुकै ठाउको भए पनि सहयोग गर्न सधै भरी तयार रहेको बताएको छ । उक्त सहयोग रकम नेपालका कान्छा अभियान्ता केपि खनाल को टिम द्वारा हस्तान्तरण गरिएको हो । केही महिना अगाडी दुनीमा रहेको देबि माण्डौ माबिलाइ डेस्क र बेन्च हस्तान्तरण र अशक्त टेक साउद लाई ५० हजार सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *