दुखत खबर: भेरी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या चार पुग्यो

दुखत खबर: भेरी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं, फागुन २ । नेपालगञ्जबाट रुकुमको आठबीसकोट जाँदै गरेको बस जाजरकोटमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
भे १ ख १३, ३९ नम्बरको बस भेरी नगरपालिका १ मा आज भएको दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मृतकको सनाखत नभएको र घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोट लैजाने तयारी गरिएको छ । बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ । बस सडकबाट करिब दुई सय मिटर तल भेरीमा खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *