विराटनगरका एक औषधि व्यवसायीको शं’कास्पद मृ’त्यु

विराटनगरका एक औषधि व्यवसायीको शं'कास्पद मृ'त्यु

विराटनगर । विराटनगरका एक औषधि व्यावसायी मृत भेटिएका छन् । विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल मृ’त भेटिएका हुन ।

शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको उनले बताए । ‘शरीरमा निलडाम देखिएकाले अनुसन्धान सुरु गरेका छौं’ उनले भने ‘पोष्टमार्टमपछि थप विषय खुल्छ ।दुलाल शनिबार राति अबेरसम्म विराटनगरका दुईजना साथीसँग बसेका थिए । राति अबेर डेरामा सुतेका उनी विहान अचेत अवस्थामा भेटिएका थिए ।

देवी माँ पाथीभरा फर्मा सञ्चालन गर्दै आएका उनी राति सुतेकै ठाउँमा अचेत अवस्थामा भेटिएपछि श्रीमतीले आइतबार बिहान करिब ३ बजे कोशी अस्पताल ल्याएकी थिइन् ।मृतक दहालको नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएपछि प्रहरीले सोधपुछका लागि श्रीमती र शनिबार रातिसँगै बसेका दुईजनालाई नियन्त्रणमा लिएको छ । दुलालका श्रीमती र ८ वर्षका छोरा छन् ।

आइतबार बिहान मृ’त भेटिएका दुलालको शरीरमा निलडाम छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।मृ तकको शरीरमा निलडाम भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *