अर्को दु:खत खबर आयो नेपालगन्जबाट:क्वारेन्टाइनमा बसेका एक जनाको मृ’त्यु

अर्को दु:खत खबर आयो नेपालगन्जबाट:क्वारेन्टाइनमा बसेका एक जनाको मृ'त्यु

बाँके। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृ’त्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन गरिसकेको श्रेष्ठले बताएका छन् ।

गत ३० मा भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो र आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएको थियो तर एम्बुलेन्स पुग्नु अगावै उनको मृ’त्युु भएको नरैनापुरका स्वास्थ्य शाखा इन्चार्ज मोइन खानले बताएका छन् ।

मृ’तक पुरुष २५ बर्षका थिए । उनको कोरोनाको कारण मृ’त्यु भएको हो होईन स्वाब परिक्षणको नतिजा आएपछि मात्रै थाहा हुने इन्चार्ज खानले बताएका छन् ।nagariksamaj.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *