रबि लामिछानेको सर्पोटलागि यति ठूलो खुसिको खबर

रबि लामिछानेको सर्पोटलागि यति ठूलो खुसिको खबर

काठमाडौं । बेलायतमा बस्दै आएकी चर्चित सामाजिक अभियानता इशा गुरुङ्को नेतृत्वमा २४ लाख १ सय रुपैया संकलन भएको छ ।

चर्चित संचारकर्मी रबि लामीछानेको नेतृत्व बन्दै गरेको रासकोट सामुदायिक अस्पताललागि गुरुङको नेतृत्वमा अहोरात्र खटिएर यति ठुलो रक़म संकलन गर्न सफल हुनुभएको हो ।

लगभग तिन करोड लगानीमा बन्दै गरेको हस्पिटल कर्णाली जनताकालागि मात्रै नभएर नेपालमै एक नमुना हस्पिटलको रुपले लिइएको छ ।

गरिव जनता समयमै उपचार नपाएर अकालमै मृत्यु को मुखसम्म पुगेको धेरै घटनाहरु विगतमा घटिसकेकोले यस्तो अब नहोस भन्दै यस अभियानमा जनता आफै जागरुक भएको देखीन्छ ।

ईसा गुरुङको अनुसार यो अब उनको नेतृत्वमा यो अभियान बन्द भएको र अहिले सम्म उठेको ज़म्मा रक़म २४ लाख १ सय रुपैया रहेको जनाएकी छन ।

देश तथा विदेश बाट मन खोलेर सहयोग गर्नुहुने सवै महान अभियानताहरुलाई विशेष धन्यवाद दिदै अभियान सफल भएकोमा खुसी व्यक्त गर्नु भएको समाचार सिधा कुरा अनलाईनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *