‘सारेगमप’ मा नेपालका ११ बर्षीय प्रितमको धमाका – भिडियो

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ । तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् । केही समय अगाडीमात्र भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप मा मेनुका पौडेलले आफनो आवाजबाट सबैलाई मन्त्रमुग्ध पार्न सफल भएकी थिईन् भने धेरै चर्चा पनि बटुलेकी थिईन।

यसैबीच सारेगमपको नै अर्काे श्रृङखलामा अर्का नेपाली बालक प्रितम आचार्यले पनि आफनो गायनबाट जज र जुरीबाट वाह्वाही लुटेका छन् । शोको लागि नै मुम्बई पुगेका प्रितमले बोर्डर फिल्म सन्देशा आते है गीत गाउँदा जज र जुरीहरु तीन छक खाएका थिए । उनले जज तथा जुरीबाट मेनुका नै पाए । ११ बर्षीय प्रितमले गीत गाउँदा जज तथा जुरीले उचालेरै उनको थप हौसला बढाएका थिए ।

जजमध्यकी एक ऋचा शर्माले प्रितमकै लागि सारेगमपको मन्च भएको बताएकी थिईन् । यसैगरी अर्का जज अमाल मल्लिकले प्रितमको आवाज सुनेर रोएको बताए । उनले भने “म कमै मान्छेको स्वरमा रुने गर्छु तर तिमीले गाएको सुनेर १५ सेकेण्डमा नै मेरो आँखामा आसु आयो” । उनले जजबाट गोल्डन मेटल नै जितिसकेका छन् ।

कार्यक्रम प्रसारण हुनु भन्दा अघि नै प्रितमले गाएको उक्त गीत र प्रोमो सामाजिक सञ्जालमा निकै भाईरल भएका थिए । मेनुका प्रितमको आवाजले धेरैको मन जितेको छ । इटहरीका प्रितम हाल मेनुका छन् । मेनुका संगितमा माहिर प्रितमले नेपालको गौरव ढाका टोपी लगाएर भारतीय च्यानलमा गीत गाएको देख्दा हरेक नेपालीको मन गर्वले ढक्क फुल्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *