एनआरएनए जोहोरबारु मलेसियाले दशैं शुभकामना आदानप्रदान गर्दै

एनआरएनए जोहोरबारु मलेसियाले दशैं शुभकामना आदानप्रदान गर्दै

मलेसिया २३असोज । एनआरएनए क्षेत्रीय राज्य समिति जोहोर मलेसियाले दसैं तिहार शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।हिन्दु धर्मावलम्बी हरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा गैरआवासीय नेपाली संघ क्षेत्रिय जोहोर मलेसियाले यहि अक्टोबर २१ आइतबारका दिन जोहोरबारु जेबि स्थित बगुस सिटी होटलमा शुभकामना आदानप्रदान भेट घाटका साथै अन्तक्र्रिया तथा जनचेतनामुलक बिषय बस्तु हरुमा पनि बृहत छलफल हुने आयोजक समितिले बताएको छ ।

मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली श्रमिक, ब्यापारी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, तथा दाजुभाइ दिदिबहिनीहरु लाई उक्त शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थिति भइ कार्यक्रम लाई सफल पारिदिन समेत एनआरएनए जोहोरबारुले अनुरोध गर्नु भएको एनआरएनए जोहोरबारु सदस्य राज बहादुर साउदले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *