ईतिहास रच्दै डम्बर विश्वकर्माको मन छुने गीत, संगीत क्षेत्रकै एक उत्कृष्ट अनि यथार्थता बोकेको गीत(भिडीयो सहीत)

ईतिहास रच्दै डम्बर विश्वकर्माको मन छुने गीत, संगीत क्षेत्रकै एक उत्कृष्ट अनि यथार्थता बोकेको गीत(भिडीयो सहीत)

काठमाडौं । लामो समयसम्म मलेसिया कार्यरत रहेका सुदुरपश्चिम बिकट बाजुराको बडीमालिका नगरपालिका सातका चर्चित गायक डम्बर विश्वकर्माले निकै मन छुने (गाउँ रमाइलो भा छ) गित बजारमा ल्याएका छन् । म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक गरेको हुन ।

चर्चित गायिका विष्णु माझी र डम्बर विश्वकर्माको स्वर रहेको छ हो ।रोजगारीकै शिलसिलामा विगत लामो वर्ष देखि मलेसियामा रहेका गायक विश्वकर्मा पछिल्लो समयमा आधा दर्जन गीतहरुमा संगित र शब्द तथा स्वर मिसाएका गायक रोजगारको सिलसिलामा प्रदेश रहेर साँगितिक क्षेत्रमा एकपछि अर्को सफलता हासिल गर्दै आएका छन् ।

सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रीय सह प्रमुख समेत रहेका गायक विश्वकर्माको पहिलो गीत भाग्य लेख्ने भावी यो भन्दा अघि धेरै चर्चित भएको थियो ।यस वर्षको दशैँ नजिकिदै गर्दा उनले विदेशबाट छिया छिया भएर भनेका छन् परार छुटि दिएन पुहोर साल भाडा थिएन, यो साल यस्तै भयो नआउने नै भा छ भनेर गीतबाटै भाबुक हुदै घरमा सन्देश पठाएको छन ।भावना म्यूजिक सोलुसनको प्रस्तुतिमा स्टुडियो मालश्री रेकडिङ् स्टुडियोको उत्पादनमा विनोद बाजुरालीले एरेन्ज खडक बाजुरालिको मिक्सिङ्ग रहेको छ । शब्द मोडेल तथा सर्जक विमल अधिकारीको हो भने म्युजिक अमित बावु रोकायाले गरेका हुन् ।भिडियोलाई राजेश घिमिरेले खिचेका हुन भने सम्पादन अमर साक्यले गरेका हुन् ।कपिल लामाको निर्देशन रहेको उक्त गितमा चर्चित मोडेल तथा सर्जक विमल अधिकारी र जुना गुरुङ्गले दमदार अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *