गालिगलौज गाडी तोडफोड गर्नेलाई अनुसन्धान गरी कारवाहिका लागि माग राख्दै साँफेबगर नगरपालिकाद्धारा विज्ञाप्ती

गालिगलौज गाडी तोडफोड गर्नेलाई अनुसन्धान गरी कारवाहिका लागि माग राख्दै साँफेबगर नगरपालिकाद्धारा विज्ञाप्ती

असोज ४ अछाम। साँफेबगर नगर परिषरमा पार्किङमा राखिएका सवारी साधन तोडफोडमा विज्ञाप्ती निकालेको छ । नगर प्रमुख कुँवरद्धारा हस्ताक्षर विज्ञाप्तीमा प्रहरी र सवारी चालक बिच भएको झडप भए पनि नगर पालिकाको परिसरमा पार्किङ गरी राखेका सवारी साधन तोड्फोड गरेको भन्दै तोड्फोड गर्ने ब्यक्ति, नगर प्रमुख र उप प्रमुखलाई गाली गलौज गर्ने ब्यक्तिलाई तत्काल छानविन गरी कडा कारवाहि गर्न माग राखिएको छ । विज्ञाप्तीमा लेखिएको छ आफुलाई वार्ताका लागि नगरपालिकाको सभा हल उपलब्धका लागि आग्रह गरियो । लगत्तै कार्यक्रम छोट्याईएर वार्ताका लागि वोलाएको केहि समयमै नगरपालिकाको च्यानल गेट भत्काउने प्रयास गरीयो फेरी प्रहरी र आन्दोलनकारी विच झडप भयो ।

केहि मदिरा सेवन गरिएका आन्दोलनकारीले आफु र नगर उप प्रमुख विर्मला बुडथापा माथि गाली गलौज गरी पार्किङमा राखिएका नगरपालिकाको जीप, जेसिवी, टिपर, ५ ओटा मोटर साईकल र साईडमा विवाहका लागि तयार राखिएको गाडी माथी तोड फोड भएको मा आपत्ति जनाएको विज्ञाप्तीमा उल्लेख गरिएको छ । तोडफोड गर्ने ब्यक्तिलाई अनुसन्धान गरी कारवाहिको लागि माग गरिएको छ । सवारी चालकको जाहेज माग पुरा गर्न सरकार आग्रहका साथै आन्दोलन पनि शान्ति पूर्ण ढंगबाट गर्न आग्रह गरिएको छ ।स्रोत रेडियो जनप्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *