एनआरएनए जोहोर मलेसियाले गर्यो एक नेपाली चेलिको उदार

एनआरएनए जोहोर मलेसियाले गर्यो एक नेपाली चेलिको उदार

मलेसिया। मलेसियाको पेकानास जोहोरवारु जेलमा रहेकी एक नेपाली चेलीलाई गैरआवासीय नेपाली संघ, जोहोर क्षेत्रिय कार्यसमितिले नेपाल फर्किन हवाइ टिकट उपलव्ध गराएको छ । मलेसियाको जोहोरबारु राज्य अन्तर्गत पर्ने पेकानसको कस्टकर जेलमा रहेकि धादिङ जिल्ला की पुजा श्रेष्ठ लाई टिकट प्रदान गरेको सुदुरपश्चिमेलि नेपाली समाज मलेसियाका केन्द्रिय उपाध्यक्ष चक्र मल्लले जानकारी दिएका छन्।

सुरक्षित र मर्यादित बैदेशिक रोजगारी हाम्रो सरोकार ज्ञान, सीप, बिप्रेषण र उध्यमशिलता समृद्धिको आधार भने लक्ष्य सहित स्थापना भएको छोटो समयमा निकै उत्साहित र हरेक समयमा जोहोरमा रहेका नेपालीहरु सगँ हातेमालो गर्दै सबै को मन जितेको छ। नेपाली समाजमा हुने बिभिन्न कार्यक्रम समेत मनाउदै आएका मल्लले बताउनु भयो ।

केहि महिना अघि एनआरएनए जोहोर र व्यावसायिक समुहको सयुक्त आयोजना भएको साँस्कृतिक कार्यक्रममा मुनाफा भएको रकम प्रदान गर्ने एनआरएनए अध्यक्ष रविलाल अधिकारीको नेतृत्वमा रहेको आयोजक समितिले प्रतिबद्धता गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *