मदिरा सेवनबाट मलेसियामा मृत्यु हुने ६ जना नेपालीको पुष्टि

मदिरा सेवनबाट मलेसियामा मृत्यु हुने ६ जना नेपालीको पुष्टि

मलेसिया। मलेसियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु भएका चार नेपाली सहित अन्य १६ जना विरामीहरुको मलेसिया सेलाङगार राज्यमा भएको घटनाबारे मलेसियास्थित नेपाली राजदूतावासले मृतकको विवरण पुष्टि गरेको छ ।

दूतावासकाबाट जारि विज्ञप्तिमा भनिएको छ मृतक हुनेमा बसेरी ३ धादिंगका भीमबहादुर घले मगर, मसिना ६ रुपन्देहीका रामकुमार यादव, अमरागढी ५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसहवा ९ सुनसरीका संजय उराव, सिद्धिथुम्का ९ इलामका बलबहादुर कुर्लंग र ठेगना खुल्न नसकेका आइतसिंह गोले रहेको दूतावासले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दूतावासले त्यहाँका विभिन्न अस्पतालमा उपचार गराइरहेका १६ जनाको नाम र ठेगना पनि सार्वजनिक गरेको छ । दूतावासले सो घटनाको अपुष्ट जानकारी मदिरा सेवन भनिएपनि सोबारे मलेसिया प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । दूतावासले मलेसियामा रहेका नेपालीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरेको जारि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *