स्वर्ण पदक बिजयी बोहरालाई मलेसियाबाट बधाई तथा शुभकामना

स्वर्ण पदक बिजयी बोहरालाई मलेसियाबाट बधाई तथा शुभकामना

काठमाडौं ।  काठमाडौंमा सम्पन्न राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७५ मा स्वर्ण पदक हासिल गर्न सफल कञ्चनपुरका डम्बर बोहराले अहिले चौतर्फी सम्मान तथा प्रशंसा पाइरहेको यो अबस्थामा सुदुरपश्चिमेलि नेपाली समाज मलेसियाले पनि बधाई तथा शुभकामना दिएको छ ।

सुदुर पश्चिमेली नेपाली समाज मलेसियाले स्वर्ण पदक बोहरालाई बधाई तथा शुभकामना दिएको छ । आज एक वक्तव्य निकाल्दै सो संस्थाले बोहरालाई बधाई तथा शुभकामना दिएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज, मलेसियाका कार्यवाहक अध्यक्ष दिनेश खड्का ‘खप्तडी’द्वारा जारी वक्तव्यमा भनिएको छ यहि भाद्र २९ र ३० गते काठमाण्डौको दशरथ रंगशालामा सम्पन्न राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७५ मा प्रदेश नं ७ को प्रतिनिधित्व गर्दै सहभागी प्रतियोगी कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका-१ हात्तिथला निबासी खेलाडी डम्मर बोहरा ज्युले उत्कृष्ट प्रदर्शन गर्दै गोल्ड मेडल विजेता हुनु भएकोमा हार्दिक बधाई तथा आगामी दिनको शुभकानमा व्यक्त गर्दछौं ।

उनले यहि भदौ २९ देखि ३० गतेसम्म काठमाडौंको दशरथ रंगशालामा भएको प्रतियोगितामा ८० किलो समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *