मलेसियामा रहेका नेपालीहरुको लागि आयो यस्तो खबर

मलेसियामा रहेका नेपालीहरुको लागि आयो यस्तो खबर

मलेसिया। मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने भएका छन् ।मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले विदेशी कामदारको अस्थायी रोजगार अनुमति ९पीएलकेस० प्रावधानलाई परिमार्जन गरेको जानकारी दिँदै विदेशी कामदारले अब १३ वर्ष बस्न पाउने पाउने नियम बनाएका छन् ।

यसअघि १० वर्षसम्म बस्न पाउने नियम थियो ।तर त्यस्ता विदेशी कामदारले स्थायी बसोबास र मलेसियन नागरिकताका लागि भने आवेदन दिन पाउने छैनन् । समय थपेर बसे पनि रोजगारदाताले नै उनीहरुको वार्षिक १० हजार रिंगिट लेभी तिर्नुपर्नेछ । यो नियम लागू भएपछि मलेसियामा रहेका नेपालीलाई पनि फाइदा पुग्ने बताइन्छ ।यो नियम आउँदो असोज १५ बाट लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *