सम्राट नन्दकृष्ण जोशीलाई मलेसियाबाट बिदाई ( फोटो पिक्चर)

सम्राट नन्दकृष्ण जोशीलाई मलेसियाबाट बिदाई ( फोटो पिक्चर)

दिनेश “खप्तडि”काठमाडौँ ।सुदुर पश्चिमेली नेपाली समाज मलेसिया द्वारा सम्राट नन्दकृष्ण जोशीलाई बिदाई गरेको छ ।शनिबार मलेसियाको राजधानी क्वालालम्पुर स्थित उग्रतारा रेष्टुरेन्टको सभा हलमा एक भेला गर्दै गायक सम्राट नन्दकृष्ण जोशीको बिदाई गरिएको हो । राजदुतावास कार्यरत तथा समाजका बरिष्ठ सल्लाहकार टेकबहादुर बुढा एनआरएनए कार्यवाहक अध्यक्ष तथा समाजका सल्लाहकार टेक बहादुर धित ब्यबसायिक जनक बम, उपाध्यक्ष तुलाराम धामी, महिला उपाध्यक्ष रन्जना भट्ट सचिव पुर्ण बहादुर बिष्ट, सह-कोषाध्यक्ष डम्बर बिश्वकर्मा, संरक्षक प्रकाश देव भट्ट, सकृय सदस्य अर्जुन रावल, नयाँ आगन्तुक सदस्य हरु जन राज जोशी,धन बहादुर साकु लगायतको विशेष उपस्थितिमा बिदाई कार्यक्रम गरिएको उपाध्यक्ष तुलनामा धामिले बताएका छन् ।

गायक सम्राट जोशि सेम्टेम्बर १ तारिख सुदुरपश्चिमेलि नेपाली समाज मलेसिया र सुदुरपश्चिमेलि नेपाली समाज क्षेत्रिय जोहोर तथा व्यवसायी युवराज बमको प्रयोजकमा पहिलो पटक राष्ट्रिय कलाकार सहित सम्पन्न गौरा पर्व तथा सांस्कृतिक कार्यक्रमको लागि मलेसिया जानु भएको थिए ।सोहि अवसरमा समाजले बिदाई गरिएको समाज बरिष्ठ उपाध्यक्ष दिनेश खड्का खप्तडिले जानकारी दिनु भयो ।

देउडाजा पिता सम्राट नन्दकृष्ण जोशीलाई नया आगन्तुक सदस्य धन बहादुर साकु,जनक राज जोशी सफल ब्यवसायी जनक बम लगायतले उहालाई खादा औढाई बिदाई सुरुवात गरेका थिए । उपस्थिति सम्पुर्णले बिदाई गर्दा सबैका आखा रसाएका थिए ।

नेपाल विश्वमा विविध कारणले चिनिएको देश हो ।यहाँको संस्कृति, धर्म भेषभूषा, जातजाती, हावापानी र रहनसहन आज विश्वका मानिसहरुका लागी अध्ययनको विषय बनेको । देउडा गायकका रुपमा ख्याति कमाएका सम्राट नन्दकृष्ण जोशी रेडियो नेपाल प्रतिष्ठित पदका लोक गायक पनि हुन् जसले २०५८ सालमा राजा बिरेन्द्रबाट गोर्खा दक्षिम बाहु विभूष्ण सम्मानहरु प्राप्त २०६२/६३ नागरिक अगुवाको नेतृत्व गर्दै आन्दोलन सफल बनाउनु भएका गायको झ्याम्म झ्याम्म एल्बम बाट लाखौं दर्शकहरु मन मुटुमा बस्न सफल गायक हुन ।२०६५ प्रथम राष्ट्रपति डा रामवरण यादवबाट जनसेवा पदक प्राप्त गरेका गायक नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुने पहिलो सुदुर पश्चिमेली हुन्। जोशी जनआन्दोलन २ लगायतका विभिन्न आन्दोलनमा गरी ३७ पटक थुनिए। नयाँ राष्ट्रियगानको चयन समितिमा पुगेका जोशीले देउडा गायनलाई राष्ट्रिय स्तरमा चिनाए।

नेपालको हरेक ठाउँ र ती ठाउँहरुको आफ्नै विशेषताहरु छन् । प्राचिन नेपालको झल्को सम्हाल्दै आएको नेपालको सूदुरपश्चिम अझैपनि त्यहाँको रहनसहन र भाषाको कारण कतिपय नेपालीहरुकै लागी पनि अध्ययनको विषय नै मान्न सकिन्छ । सामान्यतया यहाँ स्थानीयस्तरमा बोल्न प्रयोग गरिने भाषा नेपालको अन्य भेगमा बस्नेहरुले बुझ्न सक्दैनन् । पहिले पृथ्विनारायण शाहको पालामा प्रयोग हुने भाषा यहाँ अझैपनि यथावत रहेको छ । सूदुर पश्चिमको अर्को महत्वपूर्ण पक्ष मानिने देउडा संस्कृती हो । र देउडा भनेपनि छुटाउनै नहुने नाम हो देउडा सम्राट नन्दकृष्ण जोशी । रेडियोमा देउडा गीत रेकर्ड गराउने जोशी नेपाल कै पहिला देउडा गायक हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *