मसँग निकै सुन्दर र माया गर्ने पति छन्’ : सनी लियोन

मसँग निकै सुन्दर र माया गर्ने पति छन्' : सनी लियोन

एजेन्सी – बलिउड अभिनेत्री सनी लियोन बोल्ड सीनका कारण मात्र होइन निडर बयानका कारण पनि निकै चर्चामा आउने गर्छिन् ।सनी लियोन प्रायः फिल्म उद्योग र समाजको सोचलाई लिएर विभिन्न धारणा व्यक्त गरिरहेकी हुन्छिन् ।

उनलाई बलिउडमा विभिन्न आरोप पनि लाग्ने गर्छन् । पूर्व पोर्न स्टार भएकाले उनलाई धेरैले विभिन्न प्रकारले आलोचना पनि गर्ने गर्छन् ।उनलाई धेरैले भारतमा ‘पोनोग्राफी’ बढाउन जिम्मेवार भएको समेत आरोप लगाउँछन् । जसको कारण श्रीमान–श्रीमतीबीच पनि झैझगडा हुने गरेको बताउँछन् ।

यस्तो आरोपको पनि सनी लियोेनले जवाफ दिएकी थिइन् । उनले भनेकी छिन्, ‘सबै महिलाहरु १ मलाई कसैको पनि पति चाहिँदैन । मँसँग निकै राम्रो र मलाई धेरै माया गर्ने श्रीमान छन् ।’यस्तै, सनी लियोनले न्यूड महिलालाई अश्लिल मान्न नहुने बताएकी छिन् । उनले आफ्नो करियरको सुरुवातमा न्यूड मोडललाई देख्दा निकै सुन्दर लागेको बताएकी छिन् ।

उनले एक अन्तरवार्तामा भनिन्, ‘जब मैले पहिलो पटक न्यूड मोडलको तस्बिर देखेँ तब मलाई निकै सुन्दर र सेक्सी लागेको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *