अस्ट्रेलियामा पहिलो पटक अन्तरास्ट्रिय म्युजिक अवार्ड गर्दै

अस्ट्रेलियामा पहिलो पटक अन्तरास्ट्रिय म्युजिक अवार्ड  गर्दै

काठमाडौं।अस्ट्रेलियामा पहिलो पटक अन्तरास्ट्रिय म्युजिक अवार्ड राप्ति अञ्चलमा जन्मेका कलाकारहरुलाई सम्मान गरिदै छ। यो कार्यक्रमलाई बाबा एजुकेसन कन्सुल्टेन्सिले प्रायोजन गरेको हो। यहि आउने सेप्टेम्बर ८ तारिखको दिन अन्तरास्ट्रिय म्युजिक अवार्ड भव्यताका साथ अस्ट्रेलियामा सम्पन्न हुदै छ।

यस अन्तरास्ट्रिय म्युजिक अवार्डमा नेपालबाट चर्चित नायक पल शाह,लोकप्रिय गायिका राधिका हमाल, सिन्धु मल्ल लोकप्रिय गायक कृष्ण रेउले र प्रकाश रेग्मी जाँदै हुनु हुन्छ। अन्तरास्ट्रिय म्युजिक अवार्डको आयोजक राप्ति समाज अस्ट्रेलियाले गरेको हो। यो अवार्ड अस्ट्रेलियाको बेलुका ६ बजे देखि भव्यताका साथ कार्यक्रम सुरु हुने भएको छ। कार्यक्रमको शुल्क ३५ डलर रहेको र साथ साथै डिनरको पनि राम्रो ब्यबस्ता रहेको छ। नेपालबाट जानु भएको कलाकारहरुले आम दर्शकलाइ यथेस्ट रुपमा मनोरंजन प्रदान गर्नु हुने राप्ति समाज अस्ट्रेलियाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *