नेपाल गोजुरियो कराँते-दाे युजेनकाईको अध्यक्षमा कार्की र महासचिबमा चन्द सर्वसम्मत

नेपाल गोजुरियो कराँते-दाे युजेनकाईको अध्यक्षमा कार्की र महासचिबमा चन्द सर्वसम्मत

काठ्माण्डाै २ भदौ । नेपाल गोजुरियो कराते डो युजेन्काई संघको प्रथम साधारण सभाले गणेश कार्कीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको यो पहिलो साधारण सभा हो ।

गणेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयिन भएको हो जस्मा राम चन्द्र सुवेदी, बालकृष्ण असरपती र ऋषिकेश जंग शाह उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यस्तै महासचिवमा प्रकाश चन्द सर्वसम्मत निर्वाचित भएका छन् भने सचिवमा प्रकाश राई र उमाशंकर घिमिरे तथा कोषाध्यक्षको जिम्मेवारी नरेन्द्र वलीलाई दिइएको छ ।

कार्यसमितिको बैठकले मनोज घिमिरेलाई उपाध्यक्षमा, सचिवमा सुदनसिंह सिलवाल, रजनी थापा र विष्णु कँडेल तथा सदस्यहरुमा बि एस सिंह ओड, अनुप अधिकारी, लाल बहादुर राना जगदिश कुईकेल, निरज कार्की, राम थापा, गौरी शंकर राई र चन्द्र राष्कोटीलाई कार्यसमितिमा मनोनित गरेको छ । कार्यसमितिले माननिय नारदमुनी राना, जय बहादुर चन्द, बटु लामिछाने, ललित कुमार अग्रवाल, टेकराज पौडेल र डोलनाथ खनाललाई सल्लाहकारमा मनोनित गरेको छ ।
४० जिल्लाका प्रतिनिधि तथा सदस्यहरुको उपस्थिती रहेको साधारण सभाको प्रदेश नम्बर सातका माननीय सांसद नारदमुनी रानाले उद्घाटन गरेका थिए ।
निर्वाचित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत राष्टिय खेलकुद परिषद संघ संस्था प्रमुख डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरणका साथै सपथ ग्रहण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *