पाचौं एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई २ स्वर्ण १ रजत र ४ कास्य

पाचौं एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई  २ स्वर्ण १ रजत र ४ कास्य

मलेसिया। मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न   ब्याडमिन्टन हलमा भएको पाचँ औ एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक जितेका छन् साथै नोर्बु बोम्जन तामाङले विलो ८४ केजी तौलमा स्वर्ण पदक जितेका छन् I

त्यस्तै गोमा थापाले विलो ५३ केजीमा रजत पदक जितेकी छिन भने १३ वर्ष मुनिको खेलमा रिवाज गिरिले कास्य पदक जितेका छन साथै दल बहादुर तामाङले पनि विलो ७५ केजिमा कास्य पदक हात पारेका छन तेसैगरी अस्मिता प्रजाले विलो ६१ केजिमा कास्य पदक जितेकी छिन तेसैगरी विलो ६० केजिमा तुलाराम धामीले कास्य पदक जितेका छन् ।

जस्मा नेपालले २ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेको छ। नेपाल बाट कराते टिम सहित आएका नेपाल हायसिया-हा करातेका प्रमुख प्रशिक्षक तथा महासचिव रामकृष्ण लामा तामाङ, नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला साथै अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मी क्षेत्री साथै रेफ्री दिपक बोहराले यस प्रतियोगितामा नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्वाह गरेका थिए भने टिम म्यनेजरमा इन्द्र बस्नेत साथै टिम कोचमा कर्ण बहादुर राई थिए ।

उक्त प्रतियोगितामा मलेशिया,नेपाल,बङलादेश,ईन्डिया,भेयनाम,अस्ट्रेलिया,फिलिपिन्स,इन्डोनेसिया,सिङापुर,श्रीलंका,हङकङ, लगाएत 14 देशको सहभागी थियो। साथै आज पदक विजयी खेलाडीहरुलाई सम्मान तथा विदाइ, नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले मण्डला रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरिएको थियो। प्रतियोगिता हरेक दुई बर्षमा हुने  गर्छ भने ६औ एसिया हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०२०को नेपालमा हुने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *