शल्यक्रिया गर्न अस्पतालमा ठिक्क पारेकी ६ बर्षिया बालिकालाई कोरोना संक्रमण! स्वास्थ्यकर्मी नै त्रसित

शल्यक्रिया गर्न  अस्पतालमा ठिक्क पारेकी ६ बर्षिया बालिकालाई कोरोना संक्रमण! स्वास्थ्यकर्मी नै त्रसित

कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वाणगंगा नगरपालिका ४ ठाकुरापुर की ६ वर्षीया बालिकामा संक्रमण देखिएको हो । स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि वडा कार्यालयको सिफारिस लिएर काठमाडौँ टिचिङ्ग अस्पतालमा उपचार गराउन भर्ना भएकी थिइन् ।

उनलाई स्वासनलीमा मासु पलाएको देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो ।

वडा कार्यालयको सिफारिस लिएर काठमाडौँ टिचिङ्ग अस्पतालमा उपचार गराउन गएको समयमा चिकित्सकको सुझावअनुसार स्वाब परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो । उनीहरू उपचारका लागि मंगलबार काठमाडौँ आएका थिए । घरमै बसिरहेकी ती बालिकामा कसरी संक्रमण देखियो भन्ने खुल्न सकेको छैन।

शल्यक्रिया गर्नका शिक्षण अस्पतालमा भर्ना गरिएकी बालिकामा कोरोना पोजिटिभ देखिएकपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।

बालिकामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरूको खोजी गरि परीक्षण गर्ने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *