फार्महाउसमा सलमान र ज्याकलिनको फार्महाउसमा रोमान्स

फार्महाउसमा सलमान र ज्याकलिनको फार्महाउसमा रोमान्स

बलिउड अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नाडिसको नयाँ गीत ‘तेरे बिन’ आएको छ। यो गीत दर्शकले खुब रुचाएका छन्।लकडाउनका कारण सलमान फार्म हाउसमा बसिरहेका छन्। फार्म हाउसमै गीतको सुटिन गरिएको छ।

यो गीत मंगलबार युट्युबमा सार्वजनिक गरिएको छ। यसलाई धेरैले मन पराएका छन्।‘तेरे बिन’ रोमान्टिक गीत हो। यसमा सलमान र ज्याकलिनको जोडी जमेको छ।

यसमा एक बालिकाको पनि अभियन रहेको छ। उनी अभिनेत्री बलुसा डिसुजाकी छोरी सियना रबिन्सन हुन्। उनको छोटो अभिनय पनि दर्शकले मन पराएका छन्।लकडाउनमा समेत ज्याकलिन सलमान खानको फार्म हाउसमै बसिरहेकी छिन् । त्यहि बीचमा गीत सार्वजनिक हुनुले पछिल्लो समय सलमान खान र ज्याकलिन नजिकिएको भारतीय मिडियाहरुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *