बधाई छ! विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका कमलले जिते स्वर्ण

बधाई छ! विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालका कमलले जिते स्वर्ण

१ जेठ, काठमाडौं । नेपालका तेक्वान्दो खेलाडी कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

विश्वमा अहिले कोभिड-१९ महामारील गर्दा लकडाउनको अवस्था भएको बेला अनलाइनबाटै भएको उक्त प्रतिस्पर्धामा नेपालका कमलले ३० वर्षमुनिको विधामा स्वर्ण जितेका हुन् ।कमलले गत मंसिरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पनि तेक्वान्दोको पुम्सेमै स्वर्ण जितेका थिए ।

फ्रान्समा भइरहेको यस अनलाइन पुम्से च्याम्पियनसिपको गएराती सार्वजनिक नतिजामा अनुसरा कमलले स्वर्ण जितेका हुन्। यस्तै नेपालमै जितबहादुर बोटेले रजत र प्रेमबहादुर लिम्बुले कास्य जिते ।नेपालका कमलले ७.६७ अंक जोड्दै स्वर्ण जित्दा जितबहादुरले ७.५४ र प्रेमले ७.५० अंक बटुलेका थिए । सोही विधामै नेपालका अर्का खेलाडी सुन्द्रबहादुर महरा नवौं स्थानमा रहे ।

यस्तै महिला ३० वर्षमुनिको विधामा नेपालकी पार्वती गुरुङले रजत जितेकी छन् । उक्त विधामा अमेरिकी खेलाडीले ७.३२ अंकसहित स्वर्ण जित्दा पार्वतीले ७.३ अंक जोडिन् । पार्वतीले पनि नेपालमा भएको १३औं सागमा स्वर्ण जितेकी थिइन् ।अर्का नेपाली खेलाडी लक्ष्मणबहादुर ऐरकोले ५० वर्षमुनि प्रतिस्पर्धा गर्न बाँकी छ । २७ देशका खेलाडीको सहभागिता रहेको उक्त च्याम्पियनसिपमा ७ नेपाली खेलाडीले भाग लिएका छन् ।

यसअघि नेपाली खेलाडीले जर्मनीमा भएको प्रथम अनलायन डेडो ओपन युरोपियन पुम्से च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा ३ नेपाली खेलाडी सेमिफाइनल पुगेका थिए । उक्त च्याम्पियनसिपअन्तर्गत ३० वर्षमुनि विधामा नेपालका कमल श्रेष्ठ २२औ, प्रेम लिम्बु २४ औं र जितबहादुर बोटे ३७औं स्थानमा रहेका थिए ।यद्यपि प्रेम लोकप्रिय विधाको मनोनयमा भने परेको छन् । फेसबुकमा अपलोड गरिएको भिडियो मध्ये सबैभन्दा धेरै भ्युज आउने खेलाडीलाई विजेता घोषित गरिनेछ । मे २० मा यसको विजेताको घोषणा हुनेछ । यसमा विजेता बन्न सबैभन्दा धेरै भ्युज हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *