मलेसियामा ज्यान गुमाएका एक जना नेपालीको लास बन्द बाकसमा नेपाल

मलेसियामा ज्यान गुमाएका एक जना नेपालीको लास बन्द बाकसमा नेपाल

मलेसिया। मलेसियामा कार्यरत एक जना नेपालीको ज्यान गएको छ । काम गर्ने क्रमम मेसिनमा च्यपिएर खोटाङका सुवास आचार्यको ज्यान गएको हो । उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका वासीन्दा हुन् ।

आचार्यको शव मेसिनमा च्यापिएको अवस्थामा फेला परेको गुल्मी घर भई हाल मलेसियामा  कार्यरत राजु पछाईले जानकारी दिए ।उनी मलेसियास्थित डियु फिडर (एम–एसडिएन–डिएचडी) कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा कार्यरत थिए । मृतकको शव ल्याउनका लागि पहल भइरहेको सूचना केन्द्रले जनाएको ताजा खबर अनलाईनले उल्लेख गरेको छ ।

पानीको बोतल भर्ने र प्याक गर्ने कम्पनीमा कार्यरत २२ वर्षीय आचार्यको मेसिनमा च्यापिएर मृत्यु भएको सुरक्षित आप्रवासन परियोजना (सामी) को दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले पनि पृष्टि गरेकी छन् । ०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि उनले नेपाल छोडेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *