सडक साप्ताहिकको बिमोचन सम्पन्न

सडक साप्ताहिकको बिमोचन सम्पन्न

अछाम १ श्रावण : सडक देखि दुर दराजका नागरीकको आवाज बोकेको सडक मिडिया साप्ताहिकको बिमोचन गरीएको छ ।
अछाम जिल्लामा बिकाश निमार्णका कार्यहरुमा भईरहेको भ्रष्टाचार ,अनियमीतता , ढिलासुस्सती र राज्यका हरेक निकायमा पहुँच पुग्न नसकेका नागरीक हरुलाई पहुँच पुर्याउन आवाज अठाउने उदेश्यका साथ सडक मिडिया साप्ताहिक प्रकाशनमा आएको छ ।

बिमोचन कार्यक्रममा बोल्दै अछामबाट प्रतिनिधि सभा सदस्य साँसद राम बहादुुर बिष्टले सञ्चार माध्ययमले सबै क्षेत्रलाई समेट्दै निश्पक्ष र स्वतन्त्र भएर समाचार प्रवाहमा लाग्नुपर्ने बताउनुभएको छ । मंगलसेनमा भएको सडक मिडिया साप्ताहिक पत्रिकाको बिमोचन समारोहमा प्रमुख अतिथीको आशनबाट बोल्दै साँसद बिष्टले पत्रिका दिगो, प्रभावकारी र नियमित बनाउनका लागि सुझाव दिए । बिगतका दिनहरुमा पनि संचार क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गरेको भन्दै साँसद बिष्टले आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाँउनुभयो ।

पत्रिका प्रकाशक शुसिल भण्डारीको अध्यक्षतामा भएको उक्त बिमोचन कार्यक्रममा पूर्व सञ्चार राज्य मन्त्री गोबिन्द बहादुर शाह, जिसस उपप्रमुख टोप बहादुर रावल, मंगलसेन नगरप्रमुख पदम बहादुर बोहरा,नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति मेघराज खड्का र अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य बिशिष्ट अतिथी रहनुभएको थियो । सबै बिशिष्ट अतिथीहरुले सञ्चारको क्षेत्रमा अछामले अन्य पहाडी जिल्लाको तुलनामा फड्को मारेको भन्दै अवको पत्रकारीता विकास, पैरबी, सुशासन र पारदर्शीता तथा नागरिक सेवाको पक्षमा हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा पत्रकार महाँसंघका अध्यक्ष तथा मंगलसेन नगरपालिका वडानम्वर ६ का अध्यक्ष जनकराज भण्डारी, नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सदस्य नमराज न्यौपाने, पत्रकार महाँसंघ अछामका सचिव होम बहादुर साउद, प्रेस यूनियनका कार्यबाहक अध्यक्ष धनराज साउदले शुभकामना मन्तब्य राख्नुभएको थियो । पत्रकार टेक बहादुर थापाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन नमराज भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *