धेरै टाउका भएको कम्युनिस्टलाइ एक टाउको भएको काङ्ग्रेसले परास्त गर्छः गुरुङ

धेरै टाउका भएको कम्युनिस्टलाइ एक टाउको भएको काङ्ग्रेसले परास्त गर्छः गुरुङ

सुशील भण्डारी ,अछाम असार ३०
विकसित मुलुकका प्रधानमन्त्री साइकल मा चढ्ने गरेका र नेपाल का प्रधानमन्त्री केपि शर्मा वलि गरिब जनता को टाउको मा टेकि साढे दुई करोड को गाडीमा मोज मस्ती गर्ने गरेको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एबम प्रखर बक्ता धनराज गुरुङले आरोप लगाउनु भयो ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछाम को जिल्ला सम्मेलन लाई सम्वोधन गर्दै नेता गुरुङले केपी शर्मा अाेलि श्रृपेच बिनाको श्री तिन महाराज भएको पनि उनले बताए । धेरै टाउको हुदै मा युद्ध नजितिने भएकोले धेरै टाउको भएको रावणलाइ एक टाउको भएको रामचन्द्र ले हराए झै ,धेरै टाउको भएको कम्युनिस्ट लाइ एक टाउको भएको काङ्ग्रेसले परास्त गर्ने उनले बताउनु भयो । चुनाव हार्यो भन्दैमा नेपाली काङ्ग्रेस कति पनि बिचल्लीत नभएको उनले बताए । अब यसपछि को चुनाव मा जति कम्युनिस्ट का हरु मिले पनि नेपाली काङ्ग्रेस देशकै पहिलो पाटी बन्ने उनको भनाइ छ ।

नेपाली काङ्ग्रेस जिल्ला पाटी सभापति भरत कुमार स्वारको सभापतित्वमा भएको सम्मेलनमा विशिष्ट अतिथिको आशनबाट बोल्दै काङ्ग्रेस केन्द्रिय सदस्य जिवन परियारले अधिनायकवाद विरुद्धमा नेपाली काङ्ग्रेस लड्न कति पनि पछी नहट्ने बताए । साथै परियारले कम्युनिस्ट अधिनायकवादले सञ्चार जगत माथि ठुलो लात हानेको पनि आरोप लगाए ।

कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्ट ,प्रदेश सभा सदस्य अम्बि थापा ,जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुवर ,पुर्ब सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाह,पुर्ब सांसद अक्कल बहादुर बिष्ट ,पुर्ब पाटी सभापति नैनसिंह कडायत,कर्ण बहादुर केसी ,मेघराज खड्का ,महासमिति सदस्य देबराज देबकोटा,बलबहादुर कुवर,जिल्ला,गणेश बहादुर बिष्ट , राजन कुवर,महाधिवेशन प्रतिनिधि पदमराज अधिकारि लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो । पाटी उपसभापति चन्द्र प्रसाद ढुंगानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन जिल्ला पाटी सचिव नम बहादुर शाहीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *