क्षमता कि भाग्यले चम्किए अशाेक दर्जी ? भिडियो

क्षमता कि भाग्यले चम्किए अशाेक दर्जी ? भिडियो

फरक पोस्ट : भाइरल ब्याई अशोक दर्जी पछिल्लो केसी समयदेखि चर्चाको मुख्य पत्र बनेका छन् । बिशेष गरेर सोसल मिडियाहरुले आफ्नो अनलाइनमा भ्युर बढाउन, युट्युब च्यानलमा सस्क्राइब बढाउन र फेसबुक पेजमा लाइक बढाउनको लागि पनि यो बिधि अपनाईरहेका छन् । यसको अर्थ यो होइन को अशोक दर्जिमा क्षमता छैन ।

अशोक दर्जी सानो उमेर देखि गीत गाउदै हिड्ने बालक हुन् । सडक सडकमा गीत गाउने र पैसा कमाउने गरेका उनको त्यो दैनिकी जस्तै बनेको थियो । तर सामाजिक संजालमा उनको भिडियो सार्वजनिक भएदेखि नै उनको भाग्य चम्कियो । भनिन्छ भाग्यमानिको भूतै कमारो त्यस्तै भयो उनको जिन्दगीमा पनि । सडकमा बरलिदै हिड्ने १०/११ बर्षको एक बालक एकाएक सामाजिक संजालहरुमा भाइरल बन्यो ।

युट्युब च्यानलहरु अशोकलाई खोज्दै खोज्दै उनको घरमा पुग्न थाले कारण अशोकको भिडियो युट्युबको ट्रेनडिंगमा परिरहेको थियो । एकातिर युट्युब च्यानलको अन्तर्वार्ता अर्को तिर अनलाईन पत्रिकाहरुको न्युजको मुख्य बिषय बनेपछी झापाको सडकमा देखिने अशोक देश बिदेशमा बस्ने नेपालीको नजरमा अटाए । त्यसपछी उनलाई चिन्नेहरुको जमात ठुलो हुँदै गयो ।

डिजे रुपक र टंक बुढाथोकी उनको गीत रेकर्ड गरेपछि उनि उनि झन् चर्चाको बिषय बने । १ गीत रेकर्ड गर्दैमा यसरि चर्चाको बिषय बनेका सायदै मान्छेहरु मध्ये अशोक पनि एक हुन् । उनको गीत युट्युबमा सार्वजनिक भएको केहि घन्टामै ट्रेनडिंगमा मात्रै परेन लामो समयसम्म ट्रेनडिंग नम्बर १ मा अटाउन समेत सफल भयो । त्यसपछी उनि धेरै राष्ट्रिय मिडियामा समेत समाचारको बिषय बन्न पुगे ।

सडकमा गीत गाउदै हिड्ने अशोक यतिबेला देश बिदेशमा सांगीतिक कार्यक्रममा ब्यस्त भैरहेका छन् ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *