प्रधानमन्त्री ओलीसँग फोनमा वार्ता गर्न अस्वीकार डा केसी

प्रधानमन्त्री ओलीसँग फोनमा वार्ता गर्न अस्वीकार डा केसी

काठमाडौंं । जुम्लामा अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् ।अनसनरत डा गोविन्द केसीको समर्थनमा चौतर्फी नाराजुलुस सहितको प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री ओलीको सचिवालयले डा केसीसँग कुराकानीको वातावरण बनाउन नेपाल चिकित्सक संघसँग आग्रह गरेको थियो ।

सचिवालयले गरेको उक्त प्रस्तावमा डा के सीले थप कुरा गर्न जरुरी नभएको भन्दै कुरा गर्न अस्वीकार गरेका हुन्।चिकित्सक संघका तर्फबाट डा केसीको अनसनलाई सहयोग र समर्थन गर्न जुम्ला पुगेका डा प्रकाश बुढाथोकीका अनुसार अहिले कुराकानीका लागि उनलाई मनाउने प्रयास भइरहेको छ ।आफ्ना ७ बुँदे मागहरु यसअघि स्पष्ट रुपमा राखिसकेको र त्यही कुराबारे थप बोलीरहन जरुरत नभएको भन्दै बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *