जापानमा बाढी, पहिरोमा ३८ जनाको मृत्यु

जापानमा बाढी, पहिरोमा ३८ जनाको मृत्यु

जापान-पश्चिमी जापानमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको र करिब ५० जना हराइरहेको अधिकारीहरूले बताएका छन्।

सबैभन्दा धेरै क्षति हिरोशिमा क्षेत्रमा भएको छ जहाँ बिहीवारदेखि वर्षा भइरहेको थियो। त्यस क्षेत्रमा सयौँ घरहरू क्षतिग्रस्त भएका छन्।पश्चिमी जापानमा बाढी पहिरोको त्रासदीपछि करिब १५ लाख मानिसलाई घर छोड्न निर्देशन दिइएको छ। दशौँलाख मानिसलाई सजग रहन भनिएको छ।

विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन्।जापानको क्योडो समाचार संस्थाका अनुसार कैयौँ पीडितहरूको पहिरोमा पुरिएर ज्यान गएको छ।बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *