शैक्षिक हबका रुपमा चिनिएको जिल्लाका एउटा गाउँ पालिकामा ११ पढ्ने विद्यालय छैन

शैक्षिक हबका रुपमा चिनिएको जिल्लाका एउटा गाउँ पालिकामा ११ पढ्ने विद्यालय छैन

बुटवल, २३ असार । प्रदेश नं. ५ को राजधानी रहेको जिल्ला रुपन्देही शिक्षामा हब रुपमा चिनिन्छ । यहाँका विद्यालयको नतिजा पनि राष्ट्यि प्रतिस्पर्धामा आउने गर्दछ । तर जिल्लामा रहेको एक गाउँपालिकामा कक्षा ११ पढ्ने विद्यालयको संख्या शुन्य छ । जहाँका बालबालिकाहरु एसइइको पढाइ सकेपछि कक्षा ११ पढ्ने अर्को गाउँपालिकाका विद्यालय जानुपर्ने बाध्यता छ ।

जिल्लाको ओमसतिया गाउँपालिकामा सामुदायिक १६, संस्थागत १६ र धार्मिक ४ गरी ३६ विद्यालय छन् । तर ति विद्यालयले संचालन गर्ने सबैभन्दा माथिल्लो कक्षा भनेको कक्षा १० हो । जिल्लामा १६ वटा स्थानीय तह रहेकोमा अहिले सम्म ११ र १२ को पठन पाठन नहुने विद्यालय नभएको जिल्लामै यस मात्र गाउँपालिका हो ।

शिक्षा शाखा प्रमुख हरि पोख्रेलले गाउँपालिकामा सामुदायिकतर्फ ठुटेपिपल मावि, ठुटेपिपल, जनजागृती मावि, करवानी र छोटकीरामनगर मावि, छोटकीरामनगर गरी तीन विद्यालय भएको बताए । उनका अनुसार संस्थागत तर्फ मिनर्वा बोडिगं स्कुल, लखनचोक, सनलाइट बोडिग स्कुल, कटैया, गौतमबुद्ध इ बो कुल, ठूटेपिपल र न्यू मुन एकेडेमी, पडषरी गरी चार विद्यालय रहेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाई, रुपन्देहीका अनुसार उक्त गाउँपालिकाका कक्षा १–१० संचालन भएका कक्षामा ४ हजार ७ सय २७ विद्यार्थी रहेकामा सामुदायिकतर्फ ३ हजार १ सय ३६, संस्थागत तर्फ १ हजार ४ सय ३९ र धार्मिक विद्यालयमा १ सय ५२ विद्यार्थी छन् । जिल्लामा कक्षा ११ र १२ का लागि राहत अनुदान र दरबन्दी शिक्षा गरी १ सय ६ जना शिक्षक रहेकामा यस गाउँपालिकामा उक्त कक्षा संचालन गर्ने सामुदायिक विद्यालय नभएका कारण शिक्षक दरबन्दी समेत छैन । साविकको पडषरीका २ वटा वडा, हाटी फर्साटिकर, बसन्तपुर, पटखौली, छोटकीरामनगर गाविस मिलाएर ओमसतिया गाउँपालिका बनेको छ ।

गाउँपालिकाका प्रमुख हिरा केवटले यो बर्षदेखि कक्षा १० सम्म संचालनमा रहेको तीन विद्यालयमा कक्षा ११ को पठन पाठन शुरु गरिने बताए । गाउँपालिकामा यस खालको विद्यालय नभएपछि गाउँपालिकाले विद्यालय संचालनका लागि बजेटको व्यवस्था प्रस्ताव गरेको जानकारी दिए । उनले कक्षा १० सम्म संचालनमा रहेका सामुदायिकतर्फ ठुटेपिपल मावि, ठुटेपिपल, जनजागृती मावि, करवानी र छोटकीरामनगर मावि, छोटकीरामनगरमा कक्षा ११ को पठन पाठन शुरु गर्ने बताए । गाउँपालिकाको प्रतिष्ठाको बिषय भएको हुदा हामी कक्षा ११ गाउँपालिका भित्रै पढ्ने वातावरण बनाउने बताए । कक्षा संचालनका लागि प्रक्रिया पूरा भएको छ उनले १० भन्दा माथि विद्यार्थी भए पठन पाठन गछौं । तर मंगलबारसम्म ति विद्यालयले भर्ना प्रक्रिया शुरु गरेका छैनन् ।

उक्त गाउँपालिकाभित्र नीजि स्तरमा स्नातकोत्तर तहको एमपिजिडी, बिएचएम, बिबिए कक्षा चल्ने बुटवल मोडेल कलेज पनि छ । प्रदेश नं। ५ को सरकारले आर्थिक वर्ष २०७४÷७५ को बजेट बक्तव्यमा प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालयको पहुँच पुर्याउने उद्देश्य अनुरुप आवश्यकता पहिचान गरी सोही अनुरुप क्रमशः यःता शिक्षालयहरु थापना गर्ने नीति लिने भनेको छ ।श्रोत – लाइट नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *