ब्राजिलविरुद्ध बेल्जियमले दोब्बर अग्रता लिदै ब्राजिललाई निकै दवाव

ब्राजिलविरुद्ध बेल्जियमले दोब्बर अग्रता लिदै ब्राजिललाई निकै दवाव

एजेन्सी । रसिया जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिलविरुद्ध बेल्जियमले दोब्बर अग्रता बनाएको छ । बेल्जियमका लागि केभिन डे ब्रुयनीले गोल गर्दै दोब्बर अग्रतामा पुर्याएका हुन् ।केभिनले खेलको ३१औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रतामा पुर्याए । उनले निकै सुन्दर गोल गरेका थिए ।

यसअघि कर्नर किकलाई बचाउने क्रममा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले आत्मघाती गोल गर्न पुगेका थिए । खेलको १३ औं मिनेटमा नै बेल्जियमले अग्रता बनाएको थियो । बेल्जियमले प्रहार गरेको कर्नर किक ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।
दुबै टिमले आक्रमक खेल खेलिरहेका छन् । ब्राजिलले सुरुवाती समयमै एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेको छ ।प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, बेल्जियमले जापानलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *