चर्को बिरोध पछी दिल निशानी मगरले फेसबुक मार्फत

चर्को बिरोध पछी दिल निशानी मगरले  फेसबुक मार्फत

कर्णालीको अभावलाई संधैजसो उजागर गर्ने लेखक दिल निशानी मगर भने यतिबेला कर्णाली बिषयमा पागल शब्दले आरोपित भैरहेका छन् । बिकट कर्णालीमा अस्पतालको व्यवस्थापन बारे आफ्नो विवादास्पद धारणा ट्वीटरमा राखे पछी उनि प्रति आलोचना बढेको छ ।

बिभिन्न समयमा विवादको शिखरमा भेटिरहने निशानीलाई बिरोध कर्ताहरुले यसपाली निशानिलाई पागल खानामा उभ्याएर फेसबुकमा तिब्र बिरोध भैरहेको छ । उनको भनाईले सुदुरका बिकट बासिन्दाहरुको दुख पीडालाई सिटामोल संग दाँजेर अपमानित गरे जस्तो विवादास्पद देखिएको छ ।उनले भनेका छन्, ‘कर्णालीको विकट बस्ति सारौ, त्यहाँ कृषि मात्र गरौ । अरे त्यहाँ अस्पताल खोलेर कुन पागलले लगानी डुबाउछ यार । सिटामोल किनेर खाने क्षमता पनि त हुनुपर्यो ।

सामाजिक संजालमा चर्को बिरोध पछी दिल निशानी मगरले आफ्नो फेसबुक मार्फत गम्भीर गल्ति गरे भन्दै माफी मागेका छन् । हाम्रो समान हैसियतको पहाडी दुख-पिडालाई सिटामोल संग दाँजेर आफुले गम्भिर गल्ती गरेको स्वीकार गरेका छन् ।टुडेज नेपाल

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *