अबैध घरेलु मदिरा नियन्त्रण गर्न अछाम प्रहरी सक्रिय

अबैध घरेलु मदिरा नियन्त्रण गर्न अछाम प्रहरी सक्रिय

सुशील भण्डारी, असार २२, अछाम
जिल्ला प्रहरी कार्यालय अछामले अबैध घरेलु मदिरा बिरुद्धको अभियानलाई तीब्रता दिएको छ । २ दिनको अवधिमा सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अबैध मदिरा नियन्त्रणमा लिई नष्ट गरिरहेको छ । २ दिनको अवधिमा मदिरा र मदिरा बनाउने कच्चा पदार्थ पास गरी करिब ४०० लिटर मदिरा नष्ट गरेको छ ।

प्रहरीले मंगलसैन नगरपालीकाको वडा नम्बर ४ मा रहेको सिर्जना चौकको आसपास र वडा नम्बर ५ को मंगलसैन बजारमा खानतलासी गरी ठुलो मात्रामा मदिरा नष्ट गरेको हो । अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन राखिएको कच्चा तरल पदार्थ (पास), अवैध घरेलु मदिरा गरी ४ सय लिटर मदिरा बरामद गरी नष्ट गरेको प्रहरी नायब उपरिक्षक रुकेश तण्डुकारले बताउनु भयो ।

अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाँडावर्तन बरामद गरीएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । मदिराका कारण अछाममा झै झगडा बढ्नुका साथै घरेलु हिंसा बढेको पाईएको छ । कतिपय स्थानीय तहले मदिरालाई बन्द गर्ने तथा व्यवस्थापन गर्ने निर्णय गरेका छन् । निर्णय गरेपनि मदिराको उचित व्यवस्थापन हुन सकेको छैन । प्रहरीले अछामका विभिन्न क्षेत्रमा टोलटोलमा प्रहरी कार्यक्रम पनि जारी राखेको छ । बिगतमा मदिरा निशेधित क्षेत्रको रुपमा रहेको अछाम जिल्लामा अहिले अबैध घरेलु मदिरा खुल्ला रुपमा बिक्री बितरण गर्ने गरीएको छ । अबैध घरेलु मदिराका कारण घरेलु हिंसा देखि जघन्य प्रकारका अपराध हरु उत्पन्न भएको छ ।

घरेलु मदिराका कारण हुने बिभिन्न किसीमका घरेलु हिंसा र जघन्य अपराध रोक्नका लागी जिल्ला प्रहरी कार्यालय अछामले मदिरा उत्पादन गर्ने ब्याक्तीलाई कानुनी कारवाही गर्दै आईरहेको डिएसपि ताण्डुकारले बताउनु भयो । अबैध घरेलु मदिरा धेरै जसो अछाम जिल्लाको सान्तडा ,बिनायक ,मंगलसैन लगायतका क्षेत्रहरुमा पाईने गरेको र यसलाई नियन्त्रण गर्नका लागी जिल्ला प्रहरी कार्यालय अछामले अपरेशन जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *