विश्वब्यापी अनलाईन मुक्तक प्रतियोगिताको नतिजा सार्वजनिक

विश्वब्यापी अनलाईन मुक्तक प्रतियोगिताको नतिजा सार्वजनिक

नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले १ महिना अगाडि देखि राखेको विश्वब्यापी अनलाईन मुक्तक प्रतियोगिताकाे नतिजा शुक्रबार सार्वजनिक गरेको छ । प्रतियोगितामा ३८७ जना को तोकिएको शिर्षकमा (देशप्रेम,माया प्रेम र विकृति बिसंगति )1/1 गरि प्रत्येकको 3 वटा मुक्तकको दरले ११६१ मुक्तक प्राप्त भएको संस्थाका पुर्व अध्यक्ष सन्तोष अम्गाईले जानकारी दिनुभएको छ ।

यतिका बढि प्रतियाेगीहरुले भाग लिएको उक्त मुक्तक प्रतियाेगीताकाे नतिजा काेरिया शाखाले शुक्रबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेशबुक मार्फत सार्वजनिक गरेको छ!!उक्त प्रतियोगितामा सयौं प्रतिस्पर्धीलाई पछि पार्दै दाङका कपिल मणी प्रथम , रुकुमका जिएम दिपु दिपेन्द्र द्धितिय , भाेजपुरकि सुनिता सापकोटा तृतीय र डडेलधुराका तरल तेज सान्त्वना भएका छन् ।

“बिगत लामाे समयदेखि नेपाली साहित्य र त्यसको संरक्षणमा लागि परेको हाम्रो शाखाले याे भन्दा अगाडि पनि थुप्रै उदाहरणीय कामहरु गरिसकेकाे छ हामीहरु कसरी हुन्छ नेपाली साहित्यकाे उत्थानका लागि सधैं लागि परिरहने छाैँ ” संस्थाका निवर्तमान अध्यक्ष सन्ताेष अम्गाईले भने “अब म याे संस्थामा नरहेपनि मेराे भुमिका अहिले जत्तिकै हुनेछ सबै साथीभाईलाई धन्यवाद दिन चाहान्छु” । निस्पक्ष तथा उत्कृष्ट नतिजाको लागि कोडिंग मार्फत निर्णायक मण्डलमा मुक्तकहरु पठाईएको थियो संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो! यसैगरि सहभागि सबै सबै सर्जक मुक्तककारहरुमा हार्दिक आभार ब्यक्त गर्दै विजेता हुनुहुने मुक्तककार हरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै नेपाली मुक्तकको विकाश र उत्थान मा यो प्रतियोगिताले महत्वपुर्ण टेवा पुर्याउने विश्वास अध्यक्ष रामचन्द्र शर्माले ब्यक्त गर्नुभएको छ ।

प्रतियोगिताको प्रमुख निर्णायकमा प्राज्ञ तथा बरिष्ठ मुक्तककार वियोगी बुढाथोकी र नेपाल मुक्तक प्रतिष्ठान का महासचिव बकिष्ठ मुक्तककार रमेश पौडेल रहनुभएको छ!! विजयी भएका मुक्तककारहरुलाई केहि समयभित्रै काठमाडौंमा एक भब्य कार्यक्रमका बिच पुरस्कार बितरण तथा सम्मान गरिने कुरा संस्थाका महासचिव भोजराज घोडासैनी ले जानकारी दिनुभएको छ!!प्रतियोगितामा प्रथम हुनेले दस हजार , द्धितिय हुनेले अाठ हजार , तृतीय हुनेले पाँच हजार र सान्त्वना हुनेले तीन हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *