नेपाल आमाको गर्व गर्न लायक सपुत: अर्जुन भुसाल

नेपाल आमाको गर्व गर्न लायक सपुत: अर्जुन भुसाल

सुशिल भण्डारीः मन सफा भए मात्र देश सफा” हुन्छ भन्ने मुल मन्त्र बोकेर देश ब्यापी रूपमा चलिरहेको अभियान सामर्थ्य नेपालका अभियान्ता अर्जुन भुसाल अहिले हरेक युवाहरुको आशाको केन्द्र बन्दै गइरहेका छन । भुसालको अगुवाइमा विभिन्न खालका कार्यक्रम देशब्यापि रूपमा करिब ४२ वटा जिल्लामा मनसफा गर्ने अभियान सन्चालन भएको छ ।

यति सम्मकि भुसालको दैनिकि हरेक दिन बिहान उठ्ने बित्तिकै अभियानकै बारेमा कुन कुन जिल्लामा कसरि कार्यक्रम हुदैछ,त्यसका बारेमा हरेक अभियानका साथिहरु सग जानकारि लिन्छन,र सधै उनि अस्पतालमा गएर हरेक बिरामीहरुको बारेमा अवस्था कस्तो छ। केही सहयोग चाहिन्छ । हजुरहरुलाइ भन्दै दैनिकी कहिले कुन अस्पताल त कहिले कुन अस्पताल पुग्छन ।

आजका दिन सम्म तुरुन्त बिरामिलाइ रक्तदान अभियान चलाएर ६०० भन्दा बढीलाई रगत उपलब्ध गराएर धेरैलाई नया जीवन दिएका छन । भुसालको नेतृत्वमा धेरै खालका सामाजिक कार्यहरु देश ब्यापी रूपमा भएको छ,आज सम्म देशका विभिन्न ठाउँमा सफा नेपाल बनाउने अभियान अन्तर्गत १००० भन्दा बढी फोहोर मलाइ विभिन्न जिल्लाहरुमा राखिएको छ,त्यो सगै असहाय बालबालिकालाई सहारा दिने अभियान पनि सन्चालनमा छ ।

क्यान्सर पीडित बालकलाई सहयोग देखि लिएर अन्य धेरै खालका उत्कृष्ट कार्य गर्न सफल भुसाल हरेक युवाहरुका प्रेरणाका श्रोत हुन!हरेक दिन सकारात्मक उर्जा लिएर समाज अनि रास्ट्रलाई केही गर्न तल्लीन युवा भुसाल अब एक परिवारको सदस्य मात्र होइन कि अब भुसाल नेपाल आमाको एक गर्ब गर्न लायक सपूत हुन! भुसालको सामाजिक यात्राको सधैं सफलताको कामना गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *