धनगढीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बला*त्कार

धनगढीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बला*त्कार

धनगढी:धनगढीकी १७ वर्षीया ‘रिया’(नाम परिवर्तन) नयाँ वर्ष मनाउन कैलालीको गौरीगंगा– १ चनौरामा रहेको आफन्तको घर गएकी थिइन्। बैशाख १ गते त्यहाँ सबैसँग भेटघाट गरेर त्यसै राती साढे १२ बजे घर फर्किरहेकी उनको जिवनमा दर्दनाक घटना घटेको ‘रिया’ले प्रह*रीसमक्ष बताएकी छन्। लकडाउनले देश नै ठप्प भएको अवस्थामा त्यो रात त्यस्तो होला भनेर उनले कल्पना समेत गरेकी थिइनन् होला। त्यो रात तीन जना दिदिभाईसँग आफन्तको घरबाट हिडेकी उनको समुहलाई गौरीगंगाकै खुरखुरीयामा मोटरसाईकलमा आएका अर्को ४ जनाको समुहले रोक्यो।

रिया’ सहित ४ जनाको समुह रोकियो, कारण ती मोटरसाइकलमा आएको समुहले धारिलो ह*तियार बोकेका थिए। उनीहरुले हतियार देखाएनन् मात्रै। ‘रिया’ सँगै रहेका ३ जनालाई कुटपिट गरी ‘रियालाई’ घिसार्दै लगे। सडकबाट घिसार्दै करिब १०० मिटरको दुरीमा लगेर चारजनाको समुहले ती किशोरीको जबरजस्ती क*रणी गरेको प्रह*रीले बताएको छ। पि*डित किशोरीबाट उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टको टोलीले घटनामा संलग्न समुहको खोजी कार्य गर्यो।

अन्तत आजै ती चारै जनालाई प्रहरीले प*क्राउ गरेको छ। प*क्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनीहरुको साथबाट हसिया र मोटरसाईकल समेत बरामद गरिएको छ। प*क्राउ परेका उनीहरु चारै जनालाई नि*यन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए।dineshkhabar-com bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *