मन्त्रिपरिषद् बैठकले थप १२ दिन लकडाउन लम्ब्याउने निर्णय

मन्त्रिपरिषद् बैठकले थप १२ दिन लकडाउन लम्ब्याउने निर्णय

कोरोना भाइरस कोभिड(१९ को संक्रमण बढेपछि सरकारले बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थप १२ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो। तेस्रो चरणको लकडाउन बैशाख ३ गतेदेखि सकिँदैछ।

सरकारले पहिलो चरण चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउनपछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो। तेस्रो चरणमा चैत २५ गतेदेखि बैशाख ३ गतेसम्म लकडाउन गरेको थियो। योसँगै लकडाउनको समय थपेको सरकारले चौथो पटक हो।

सोमबार मात्रै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनाको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो। उनीहरु २८ दिनअघि बेलायतबाट फर्केका हुन्। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *