गौरीफन्टा नाकाबाट कोराना संक्रमितसँगै फर्किएका दाङका १० जनाको खुल्यो पहिचान

गौरीफन्टा नाकाबाट कोराना संक्रमितसँगै फर्किएका दाङका १० जनाको खुल्यो पहिचान

कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवकसँगै भारतबाट गौरीफन्टा नाका हुदै फर्किएका दाङका १० जनाको पनि पहिचान खुलेको छ। भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका उनीहरु सरकारले लकडाउन गरेपछि चैत ११ गते गौरीफन्टा नाकाबाट प्रवेश गरेकाहरु पहिचान खुलेको हो।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले उनीहरको खोजी सुरु गरिएको जानकारी दिए। उनीहरु सबैलाई खोजेर बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा नमुना संकलनका लागि लगिने प्रजिअ रिजालले बताए।गौरीफन्टा नाकाबाट चैत ११ गते नौ सय ९९ जना फर्किएका थिए। उनीहरुले नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए।dineshkhabar bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *