सुदूरपश्चिम प्रदेश! ५३ दिनमा एक सय ५१ जनाको कोरोना परीक्षण

सुदूरपश्चिम प्रदेश! ५३ दिनमा एक सय ५१ जनाको कोरोना परीक्षण

कैलाली ।सुदूरपश्चिम प्रदेशमा ५३ दिनमा एक सय ५१ जनाको कोरोना परीक्षण भएको छ। सेती प्रादेशिक अस्पताल सहितका अस्पताल र विभिन्न क्वारेन्टाईनबाट एक सय ६९ जनाको थ्रोट स्वाब संकलन गरी परिक्षणका लागि पठाएकोमा अहिले सम्म एक सय ५१ जनाको नमूना परीक्षण भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार थ्रोट स्वाव संकलन गरी पठाईएका १८ जनाको रिपोर्ट आउन बाँकी छ।

एक सय ५१ जनाको परीक्षण रिर्पोट आएकोमा चार जना अर्थात २ दशमलव ६५ प्रतिशमा कोरोना देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले एक सय ५१ जनाको रिर्पोट आएकोमा चार जना बाहेक एक सय ४७ को रिर्पोट नेगेटीभ देखिएको बताए। रिर्पोट आउन बाँकी १८ जनामा कैलाली सहित विभिन्न जिल्लाका रहेका छन्।

यस्तै परीक्षण भएका झण्डै तीन प्रतिशतमा कोरोना देखिएपछि सरकारले कैलाली, कञ्चनपुरमा कोरोना भाइरसको ¥यापिड टेष्ट गर्ने भएको छ। मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।dineshkhabar bata

यो पनि पढ्नुहोस्

कैलाली चैत्र २२ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ ।

मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् । आठौँ लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।नवौँ श भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनका आफुन्तलाई पनि कोरोना संक्रमण भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या नौँ पुगेको छ। कैलाली र कञ्चनपुरको यो घटनाले पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *