थप तिन जना सुदुरपश्चिम प्रदेशमा भेटिए कोरोना संक्रमित

थप तिन जना सुदुरपश्चिम प्रदेशमा भेटिए कोरोना संक्रमित

कैलाली। कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने  २जना बाहिरबाट आएका हुन् । सातौं  धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् । आठौँ लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समय अघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।नवौँ  भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनका आफुन्तलाई पनि कोरोना संक्रमण भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या नौँ पुगेको छ। कैलाली र कञ्चनपुरको यो घटनाले पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *