नेपाली राजदुतावास भारत र सुप नेपाली समाजको पहलमा युपि रामपुरमा अलपत्र परेका नेपालीहरुलाई गर्यो खान र बस्नको व्यावस्था

नेपाली राजदुतावास भारत र सुप नेपाली समाजको पहलमा युपि रामपुरमा अलपत्र परेका नेपालीहरुलाई गर्यो खान र बस्नको व्यावस्था

काठमाडौ ।सुदुरपश्चिम नेपाली समाज को पहलमा राजदूतावासको विशेष सहयोगमा ९२ जना लक डाउनमा परेका नेपालीहरुलाई खाना र बस्नको व्यावस्थापन गरेको छ ‌।

कोरोना भाईरस अर्थात कोभिड १९ को कारण बिश्वमा माहामारीको रुपमा फैलिएको यो भाइरसले मध्यमवर्गका परिवारको लागि खाना र बस्न निकै गाह्रो भएको  छ । भारत सरकारले कोरोना भाइरसको रोकथाम र फैलिन नदिनको लागि लकडाउनको आह्वान गरेसँग नेपालबाट आफ्नो सपना साकार पार्नको लागि भारत गएका हजारौं नेपालीहरु बिचल्लीमा परेका छन् ।

यस्तै भारत लकडाउनको कारण बिभिन्न गलि गलिमा अलपत्र परेका र स्वदेशी फर्किने क्रममा भारतको युपि रामपुरमा ९२ जना अलपत्र रहेको खबर रागब बानिया (राजु)ले सुदुरपश्चिमेलि नेपाली समाजका केन्द्रिय कोषाध्यक्ष भवन प्रसाद भट्टलाई जानकारी गराए लगत्तै भट्टको बिशेष पहल र नेपाली राजदूतावास भारतद्वारा युपि सरकार सँगको समन्वयमा ९२ जनालाई खाना र बस्नको व्यवस्थापन गरेको एसिया संयोजक तथा प्रचार विभाग प्रमुख दिनेश खड्का खप्तडि’ले बताउनु भयो छ । खान बस्नको सम्पुर्ण व्यवस्थापन भएको पिडित रागब बानिया( राजु)ले फेसबुक स्टाटस राख्दै समाज र भट्टलाई धन्यवाद समेत दिएको प्रचार विभाग प्रमुख खड्काले बताउनु भयो ।प

खान बस्नको सम्पुर्ण व्यवस्थापन भएको पिडित रागब बानिया( राजु)ले फेसबुक स्टाटस राख्दै समाज र भट्टलाई धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *